कारोबार


फोनपोइन्टस् र इसेवाबीच साझेदारी

फोनपोइन्टस् र इसेवाबीच साझेदारी

नेपालखबर
माघ ४, २०८० बिहिबार १७:५२, काठमाडौँ

भुक्तानी सेवा प्रदायक इसेवा र फोनपोइन्टस् प्रालिबीच साझेदारी भएको छ। बुधबार एक कार्यक्रमका बीचमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र फोन पोइन्टस्का प्रमुख कार्यकारी अधिकृत सागर पौडेलकाबीचमा सम्झौता भएको हो।

सम्झौता अनुसार इसेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टस्ले गर्नेछ। फोन पोइन्टस्ले इसेवाको रिवार्ड, लोयल्टी तथा अन्य पुरस्कार कार्यक्रमको व्यवस्थापनमा प्रमुख साझेदारको रूपमा काम गर्नेछ।

साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले उत्साह व्यक्त गर्दै भने ‘हामी फोनपोइन्टस्सँग साझेदारी सुरू गर्न पाउँदा खुशी छौँ र यसले लोयल्टी पुरस्कार व्यवस्थापनमा सकरात्मक प्रभाव पार्ने कुराको आशा गर्दछौँ । हामी फोनपोइन्टस्ले इसेवा प्रयोगकर्ताको अनुभवमा ल्याउने सुधारहरू हेर्न तत्पर छौँ।’

फोनपोइन्टस्  र इसेवाबीचको यो सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्वपूर्ण फड्को मार्ने आशा गरिएको छ। दुवै कम्पनी इनोभेशनलाई  बढवा दिन तथा ग्राहकको सन्टुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन्।

फोनपोइन्टस् एक लोयल्टी पोइन्ट व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायलाई लोयल्टी प्रोग्रामहरूमासँग संलग्न हुने तरिकामा धेरै तरिकाले परिवर्तन गर्ने लक्ष्य राख्छ। इनोभेशनमा ध्यान केन्द्रित गर्दै फोन पोइन्टस्ले सबैका लागि रिवार्ड प्राप्त र प्रयोग गर्ने अनुभवमा आयाम परिवर्तन ल्याउनेछ।

सन् २००९ मा स्थापना भएको इसेवा प्रालि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त अग्रणी भुक्तानी सेवा प्रदायक संस्था हो। एफवान सफ्ट इन्टरनेशनलसँग आवद्ध रहेको इसेवाले नगदरहित डिजिटल अर्थतन्त्रको प्रवर्धन गर्दै सुविधाजनक र सुरक्षित डिजिटल भुक्तानी गर्न सकिने सेवा प्रदान गर्दै आएको छ।

नेपालभरी ८१ लाख बढी प्रयोगकर्तालाई प्रत्यक्ष रूपमा तथा २ लाख ३० हजार बढी इसेवा एजेन्ट मार्फत थप लाखौँ बढीलाई अप्रत्यक्ष रूपमा डिजिटल सेवा प्रदान गर्दै आएको इसेवामा ४ लाख बढी मर्चेन्टको साथमा २५ सय भन्दा बढी सेवाहरू प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad