ad ad

समाज


धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

नेपालखबर
माघ ३, २०८० बुधबार २०:२१, मलेखु

धादिङको खनियाबास गाउँपालिका–५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका–५ मा दुर्घटना भएको हो। ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ।

दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .