ad ad

समाज


फास्ट ट्रयाक निर्माणमा खटिएका चिनियाँ नागरिक नेपालीबाट कुटिए

फास्ट ट्रयाक निर्माणमा खटिएका चिनियाँ नागरिक नेपालीबाट कुटिए

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०८० बुधबार १२:३२, काठमाडौँ

काठमाडौं-निजगढ द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा खटिएका एकजना चिनियाँ नागरिकलाई स्थानीयबासीले कुटपिट गरेका छन्। 

फास्ट ट्रयाक निर्माणका लागि चिनियाँ कम्पनीले बनाएको क्याम्पमा काम गर्ने किशोरीलाई हातपात आरोपमा स्थानीयले चिनियाँ नागरिकलाई कुटपिट गरेका हुन्। 

मकवानपुरको बकैया गाउँपालिका-१२ भट्टेपाखास्थित द्रूत मार्गको चिनियाँ क्याम्पमा कुकको काम गर्ने मकवानपुरगढी गाउँपालिका-१ बस्ने करिब १८ वर्षीया फूलमाया लुङ्बालाई हातपात गरेको आरोपमा चिनियाँ नागरिकलाई कुटपिट गरिएको हो। 

क्याम्पमा खाना बनाउने क्रममा चिनियाँ नागरिक ५१ वर्षीय थान काई युनले हातपात गर्न खोजेको कुरा फूलमायाले आफन्त र स्थानीयलाई बताएकी थिइन्। 

त्यसपछि आएका आफन्त र स्थानीयबासीलले ती चिनियाँ नागरिक युनलाई मंगलबार घाइते हुनेगरी कुटपिट गरेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

कुटपिटबाट घाइते ती चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो। उनको शरीरमा बाहिरी चोट केही नदेखिएको प्रहरीले जनाएको छ। 

चिनियाँ नागरिकले हातपात गर्दा नेपाली किशोरी फूलमाया सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उनको स्थानीय मेडिकलमा उपचार गरिएको छ। 

नेपालीको कुटपिटबाट ती चिनियाँ नागरिकलाई हेटौंडास्थित अर्थोपेडिक अस्पतालमा राखेर उपचार गरिँदैछ। उता फूलमाया भने स्थानीय मेडिकलबाट डिस्चार्ज भइसकेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .