गायिका सारिका घिमिरेको स्वरमा ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ। सारिका घिमिरे युट्युव अकाउण्डमार्फत गीत सार्वजनिक गरिएको हो।
सारिकाको शब्द र संगीत रहेको गीतको एरेन्ज सविन लिम्बुले गरेका हुन्। रवि कार्कीको निर्देशन रहेको गीतको भिडिओमा सारिका स्वयम् फिचर्ड छिन्।
ज्ञानकुमार कट्टेलको खिचेको भिडिओलाई दिपिन बस्नेतले सम्पादन गरेका हुन्।
नायिका समेत रहेकी सारिका पछिल्लो समय गायनमा सक्रिय छिन्। एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गरिसकेकी उनी तीन दर्जन बढी म्युजिङ भिडिओमा देखिइसकेकी छिन्।
पछिल्लो समय गायिकाका रूपमा चर्चा कमाएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन्।
15
Shares
प्रतिक्रिया