मंगलबार बिहान त्रिशूली नदीमा खसेको भारतीय गाडीमा कति यात्रु सवार थिए खुलेको छैन।
त्रिशूली नदीभित्र डुबेको अवस्थामा बीआर ०९ जीसी १४३०नम्बरको भारतीय बोलेरो गाडी फेला परे पनि त्यसमा सवार यात्रुलाई भने अझै फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ सई राजेन्द्र बहादुर आलेले जानकारी दिए।
‘नदी भित्र डुबेको अवस्थामा गाडी फेला परेको छ,’ सई आलेले सोमबार बिहान ११ बजे नेपालखबरसँग भने, ‘तर, अहिलेसम्म यात्रु कोही भेटिएका छैनन्। त्यसमा सबार सबै यात्रुलाई नदीले बगाएको आशंकामा खोजी कार्य अहिले पनि जारी छ।’
नारायणगढ(मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना-५ स्थित ३ नम्बर पुलनजिकबाट आज बिहान करिब चार बजेतिर बोलेरो त्रिशूलीमा खसेको थियो।
सुरुमा एक जना बस चालकले त्रिशूली नदीको बीचमा गाडीको बत्ती बलेको देखेपछि मुग्लिन प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि नेपाल प्रहरी, कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाली सेनाको जनशक्ति खोजी कार्यमा जुटेको थियो।
गोताखोर टोलीले अहिले पनि यात्रुको खोजी कार्य जारी राखेको आलेले बताए।
‘त्यो जिपमा कति सवार थिए, उनीहरु कहाँबाट कता जाँदै थिए, हामी थप बुझ्दै छौँ,’ वरिष्ठ सई आलेले भने।
Shares
प्रतिक्रिया