ad ad

समाज


कलंकीमा २ जना मारेर फरार टिपरका चालक सिन्धुपाल्चोकमा समातिए

कलंकीमा २ जना मारेर फरार टिपरका चालक सिन्धुपाल्चोकमा समातिए

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ५:१८,

काठमाडौंकाे कलंकीस्थित अन्डरपास सडकमा मोटरसाइकलाई ठक्कर दिई दुई जना मारेर फरार टिपरका चालक पक्राउ गर्न प्रहरी सफल भएको छ।

बुधबार मध्यराति कलंकी अन्डरपासमा नम्बर नखुलेको टिपरले प्रदेश २-०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार रौतहटका हटहरिया गाउँपालिका-४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया-७ का २४ वर्षका मुन्ना चौधरीको मृत्यु भएको थियो।

ठक्कर दिएर फरार बा४ख ८५७९ नम्बरको टिपरलाई सीसी टीभी फुटेज र र्‍याडम चेकजाँचका आधारमा बिहीबार दिउँसो नख्खु खोलाको पुलछेउमा रहेको चन्द्रसूर्य ग्यारेजमा राखिएको अवस्थामा फेला पार्न प्रहरी सफल भए पनि चालक पत्ता लागेको थिएन।

खोजतलासका क्रममा काठमाडौं महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले टिपरका चालकलाई पनि बिहीबार राति सिन्धुपाल्चोकबाट पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले शुक्रबार बिहान नेपालखबरलाई जानकारी दिए।

सिन्धुपाल्चोकस्थित उनकै घरबाट टिपरका चालक २४ वर्षीय अनिल लामालाई पक्राउ गरिएको डीएसपी बोगटीले बताए।

‘बिहीबार राति सिन्धुपाल्चोकस्थित उनकै घरबाट पक्राउ गरिएको हो,’ उनले भने, ‘ठ्याक्कै कुन गाउँ हो अहिले मलाई याद भएन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .