ad ad

समाज


चन्द्रागिरि कार दुर्घटनामा छोरा-छोरी, सासू-ससुरासँगै बिते वरिष्ठ बालरोग विशेषज्ञ डा. गौतम

चन्द्रागिरि कार दुर्घटनामा छोरा-छोरी, सासू-ससुरासँगै बिते वरिष्ठ बालरोग विशेषज्ञ डा. गौतम

वरिष्ठ बालरोग विशेषज्ञ डा. महेशकुमार गौतम


नेपालखबर
पुस २९, २०८० आइतबार ७:४०, काठमाडौँ

शनिबार काठमाडौँको चन्द्रागिरीस्थित सेतो पहरामा भएको कार दुर्घटनामा वरिष्ठ बालरोग विशेषज्ञ डा. महेशकुमार गौतमको मृत्यु भएको छ। 

शनिबार बिहान काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको बा प्र ०१–०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा ३८ वर्षीय डा. गौतमसहित उनका छोरा, छोरी तथा सासू–ससुराकै मृत्यु भएको हो। 

प्रहरीका अनुसार दुर्घटनामा डा. गौतमसहित उनका छोरी स्मारिका गौतम, छोरा प्रियान्स गौतम तथा सासू ६४ वर्षीया कल्पना तिवारी र ससुरा ६७ वर्षीय ओमकार निधि तिवारीको मृत्यु भएको हो। उनीहरू शनिबारको बिदामा परिवारै चन्द्रागिरि घुम्न गएका थिए। 

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा डा. गौतमकी श्रीमती क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि तिवारी गौतम मात्र बाँच्न सफल भएकी छन्। 

उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .