ad ad

ग्लोबल


मुम्बईबाट गुवाहाटी जान उडेको विमान जब बंगलादेशमा अवतरण गर्न पर्‍यो

‘१२ घण्टाको उडानमा युरोप पुग्न सकिन्थ्यो तर गुवाहाटी पुग्दा पनि खुसी छु’
मुम्बईबाट गुवाहाटी जान उडेको विमान जब बंगलादेशमा अवतरण गर्न पर्‍यो

नेपालखबर
पुस २९, २०८० आइतबार ८:१०, काठमाडौँ

भारतको मुम्बईबाट गुवाहाटीका लागि उडेको इन्डिगो विमानलाई खराब मौसमका कारण गन्तव्यमा पुग्न १२ घण्टा लागेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार राति नै गुवाहाटी पुग्नुपर्ने विमान डाइभर्सनका कारण १२ घण्टा ढिला शनिबार बिहान ११ बजे मात्र त्यहाँ पुगेको हो। 

खराब मौसमका कारण मुम्बईबाट आएको यो विमानलाई पहिले कोलकातातर्फ डाइभर्ट गरिएको थियो तर त्यहाँ पनि मौसम खराब भएपछि भुवनेश्वरतर्फ पठाइएको थियो। तर त्यहाँ पनि धावनमार्ग बन्द भएकाले अन्ततः बंगलादेशको राजधानी ढाकास्थित विमानस्थलमा अवतरण भयो।

एयरलाइन्सले विज्ञप्ति जारी गर्दै ढाकादेखि गुवाहाटीसम्मको उडान वैकल्पिक चालक दलको व्यवस्था गरी यस अवधिमा यात्रुको सुविधालाई ध्यानमा राखिएको जनाएको छ।

उक्त विमानमा अखिल भारतीय कांग्रेस कमिटीका प्रतिनिधि सुरजसिंह ठाकुर पनि थिए। उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अन्ततः हामी गुवाहाटी पुग्यौँ। १२ घण्टाको उडानमा युरोप पुग्न सकिन्थ्यो तर गुवाहाटी पुग्दा पनि खुसी छु। मेरो महान् राष्ट्र। धन्यवाद!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .