ad ad

समाज


नेपालमा लगानी प्रवर्द्धन गर्न कोपेनहेगनमा सांस्कृतिक कार्यक्रम

नेपालमा लगानी प्रवर्द्धन गर्न कोपेनहेगनमा सांस्कृतिक कार्यक्रम

नेपालखबर
पुस २८, २०८० शनिबार ७:१८, काठमाडौँ

नेपाली राजदूतावास डेनमार्कले नेपालमा पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार राजधानी कोपेनहेगनमा एक कार्यक्रमको आयोजना गरेको छ।

आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक सय ६० जनाको उपस्थिति थियो। 

डेनमार्कका लागि नेपाली राजदूत प्राडा राम स्वार्थ रायद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली मौलिक लोकनृत्य, गुरुङ तथा मगर नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली बाजा समूह डेनमार्कद्वारा नेपाली लोक भाकामा पञ्चैबाजा प्रस्तुत गरिएको थियो। 

त्यस अवसरमा राजदूत रायले नेपालको वर्तमान अवस्थाको सङ्क्षिप्त चर्चा गर्दै नेपालको पर्यटन र लगानीका क्षेत्रबारे जानकारी दिएका थिए।

यो कार्यक्रमबाट नेपाली पर्यटनको विकास तथा लगानी प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास कोपेनहेगनस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति निकालेर जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .