ad ad

समाज


भालुबाङ बस दुर्घटना अपडेट: काठमाडौँ चन्द्रागिरिका पाण्डेसहित ८ मृतकको सनाखत

भालुबाङ बस दुर्घटना अपडेट: काठमाडौँ चन्द्रागिरिका पाण्डेसहित ८ मृतकको सनाखत

दुर्घटनामा परेको बस। तस्बिर : रासस


नेपालखबर
पुस २८, २०८० शनिबार ७:२६, जानकी (बाँके)

बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुबाङनिर राप्ती नदीमा खस्दा ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत भएको छ।

दाङका प्रहरी प्रमुख उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तीमध्ये अहिलेसम्म ८ जनाको मात्र सनाखत भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन।

शव लमहीस्थित लमही अस्पतालमा राखिएका छन्। 

दुर्घटनामा मृत्यु भएकामध्ये मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँकेको नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०:३० बजे राप्ती नदीमा खसेको हो। प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .