दाङको राप्ती गाउँपालिकास्थित भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खसेको छ।
बाँकेको नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
अन्य २४ जनालाई घाइते अवस्थामा प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको दाङका डीएसपी जनक मल्लले जानकारी दिए।
घाइतेलाई लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ।
बसमा कति यात्रु थिए भन्ने यकिन खुल्न सकेको छैन। उद्धार गरिएका केही यात्रुको अवस्था चिन्तानजक रहेको प्रहरीले जनाएको छ।
99
Shares
प्रतिक्रिया