ad ad

समाज


शृंखलाबद्ध चोरी गरेको आरोपमा दुई जना पक्राउ

शृंखलाबद्ध चोरी गरेको आरोपमा दुई जना पक्राउ

नेपालखबर
पुस २६, २०८० बिहिबार १९:५७, काठमाडौँ

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी घर भई हाल ललितपुर महानगरपालिका–८ बालकुमारी बस्ने वर्ष ३७ को वीरबहादुर वाईवा मकवानपुरकै इन्द्रसरोबर गाउँपालिका २ कुलेखानी घर भई हाल ललितपुर १७ त्यागल बस्ने वर्ष ३७ को राम कृष्ण लोप्चन रहेका छन्।

गत असोज ८ गते ललितपुर १५ दीपावली मार्गमा रहेको मदन सिलवालको डेरा कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ५० हजार गरी जम्मा रु १५ लाख ९५ हजार बराबरको धनमाल चोरी भएको घटनामा प्रहरीले उनीहरुको खोजतलास गरिरहेको थियो।

सोही क्रममा मंसिर २७ गते दिउँसो ग्वार्कोस्थित सडक खण्डमा उनीहरुलाई चोरी गरेका बखत सीसी क्यामेराको फुटेजमा देखिएको उनीहरूले लगाएको कपडासहित फेला पारेको हो।

वाइबा र लोप्चनको विरुद्धमा चोरीसम्बन्धी कसूरमा म्याद थप गरी  थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सोही क्रममा ललितपुर–१५ ताल्छिखेलस्थित सबिता रोक्का समेतको डेरा कोठाबाट सुनका विभिन्न गरगहना र नगद ४० हजार गरी जम्मा ४ लाख २० हजार र ललितपुर–१४ ताल्छिखेलमा सञ्चालन गरेको न्यू गोर्खाली खाद्य भण्डारको २० थान सुगम ग्यासको खाली सिलिण्डर चोरी भएको थियो।

सो घटनामा समेत वाइबा र लोप्चनको बैंक खाताबारे विभिन्न बैंकहरुसँग बैंक स्टेटमेन्ट माग गर्दा एभरेष्ट बैंक लिमिटेड र ग्लोबल आईएमई बैंकमा समेत गरी जम्मा ३४ लाख ७७ हजार ६३० रुपैयाँ वीरबहादुर वाईबाकै नाममा बैंकहरुमा अस्वभाबिक रकम मौज्दात रहेको देखिएको थियो।

वाइबाले सम्पत्ति शुद्धीकरण गरेको हुन सक्ने भएकोले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २५ (२) बमोजिम थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ।

उक्त तीनवटै चोरी मुद्दाको सम्पूर्ण अनुसन्धानपछि अदालतको पुस २५ गतेको आदेशले दुवै जनालाई पुर्पक्षको लागि कारागार पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .