वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–६ घर भई हाल काठमाडौं सिफल बस्ने वर्ष ४२ को ललन कुमार राय रहेका छन्।
रायले पन्चान्द राय समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति २ लाख २० हजार रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ७० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेका थिए।
पीडितहरुबाट पटक पटक गरी जम्मा ७ लाख २० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको ललनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस २५ गते भत्केकोपुलबाट पक्राउ गरेको जनाएको छ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
प्रतिक्रिया