समाज


अनलाइन जुवा खेलाएर ठगी गरेको आरोपमा तीनजना पक्राउ

अनलाइन जुवा खेलाएर ठगी गरेको आरोपमा तीनजना पक्राउ

नेपालखबर
पुस २५, २०८० बुधबार २०:३७, काठमाडौँ

विभिन्न अप्लिकेसनमार्फत अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने वर्ष २५ को पुजन साँवा, सर्लाहीको बागमती नगरपालिका–७ घर भई हाल भक्तपुर सूर्यविनायक–४ अनामनगर बस्ने वर्ष २१ को निशानराज कार्की र सर्लाहीको बरथहवा नगरपालिका–११ हिरापुर घर भई हाल सूर्यविनायक अनामनगर बस्ने वर्ष २५ को निशान गौतम रहेका छन्।

उनीहरुले क्यास एप, मिक्कि वे, फर्किरिन, अल्ट्रा पान्डा लगायत अप्लिकेसन मार्फत् विभिन्न खेलहरुमा अनलाईन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूले लाभ लिने उद्देश्यले रकमको बाजी राख्न लगाई खेलाउने गरेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली र पीआरसीबी ललितपुरको संयुक्त टोलीले बुधबार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad