समाज


स्वास्थ्य बीमा कार्यक्रममा ललितपुर महानगरको पाटन अस्पतालसँग सहकार्य

स्वास्थ्य बीमा कार्यक्रममा ललितपुर महानगरको पाटन अस्पतालसँग सहकार्य

नेपालखबर
पुस २५, २०८० बुधबार २१:१६, काठमाडौँ

ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ।

ललितपुर महानगरमा बुधबार आयोजित कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र महानगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

सम्झदारी पत्रमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. पारस कुमार आचार्य र महानगर प्रमुख चिरीबाबु महर्जनले हस्ताक्षर गरेका हुन्।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य क्षेत्र महानगरको प्राथमिकतामा रहेको बताउँदै स्वास्थ्य बीमा कार्यक्रम मार्फत बीमितहरुले अब्बल स्वास्थ्य सेवा प्राप्त गर्ने बताएस्वास्थ्य क्षेत्रमा विशेष पहिचान बनाएको पाटन अस्पतालसँग सहकार्य गर्न पाउँदा आफू ज्यादै खुशी भएको नगर प्रमुखको भनाई थियो।

उनले भने, ‘स्वास्थ्य क्षेत्रको सर्वोत्कृष्ट संस्थासँग सहकार्य गर्दा महानगरले लागू गरेको यो कार्यक्रममा धेरै राम्रो हुने विश्वास लिएको छु।’

ललितपुर महानगरले नागरिकको जीवनस्तर सहज बनाउने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताउँदै भने, ‘स्वास्थ्य क्षेत्रमा हामीले गरेको खर्च पुगेको छैन, यसलाई अब हामी बढाउँदै जान्छौँ।’

ललितपुर महानगरले गरेका असल अभ्यासहरुको अनुकरण र अनुसरण मुलुकका अन्य स्थानीय तहहरुको  गरेको जानकारी गराउँदै हरेक क्षेत्रमा उत्कृष्ट सेवा लिन लागि परेको स्पष्ट पारे।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. पारस कुमार आचार्यले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई योग्य ठानेर मौका दिएकोमा धन्यवाद दिए।

उनले भने, ‘महानगरको स्वास्थ्य बीमा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौं।’

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले मुलुकै जेठो नगरपालिका ललितपुर महानगरले पाटन अस्पताल जस्तो विशेष छवि बनाएको संस्थासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको प्रष्ट पारे।

ललिपुर महानगरले महानगरको १०५ औं स्थापना दिवस पुष २ गते अपाङगता भएका दुई व्यक्तिलाई बीमा कार्ड प्रदान गरेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो।

महानगरले वडाबाट बीमितहरुको तथ्यांक संकलन गर्न दर्ता सहयोगी छनौट गरिसकेको छ। दर्ता सहयोगीले तालिम पश्चात नाम संकलन गर्नेछन्। आउँदो फागुन १ गतेदेखि बीमा कार्यक्रम सम्पूणर्का लागि लागू हुनेछ।

समझदारी पत्रमा उल्लेख भए अनुसार विशेषज्ञ चिकित्सक सहितको बहिरंग सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, रेडियोलोजी, एम्बुलेन्स सेवा पाटन अस्पतालले उपलब्ध गराउनेछ।

स्वास्थ्य बीमा अन्तर्गतको दाबी भुक्तानीको विवरण हरहिसाब तोकिए बमोजिमको ढाँचामा राख्ने तथा स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी लिने दायित्व महानगरको हुनेछ। यो समझदारीको अवधि १० वर्षसम्म रहेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad