समाज


प्रहरीसँग बम्जनले भने : मैले कुनै अपराध गरेको छैन, जंगलभित्र ध्यान र तपस्यामा थिएँ

प्रहरीसँग बम्जनले भने : मैले कुनै अपराध गरेको छैन, जंगलभित्र ध्यान र तपस्यामा थिएँ

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २५, २०८० बुधबार १३:९, काठमाडौँ

विभिन्न व्यक्तिलाई बेपत्ता बनाएको र महिला अनुयायीहरूलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका रामबहादुर बम्जनले आफूले कुनै किसिमको अपराध नगरेको बताएका छन्।

मंगलबार राति काठमाडौंको हात्तीगौंडास्थित घरैबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि दिएको प्रारम्भिक बयानमा उनले आफूमाथि लागेका सबै अपराधको आरोप अस्वीकार गरेका हुन्। 

‘यो सबै मलाई फसाउनका लागि, माइनस गर्नका लागि गरिएको डिजाइन हो। यसमा मान्छेहरू प्रयोग गरेर मलाई माइनस गर्न खोजिएको हो’, उनले सीआईबीका अधिकारीसँगको बयानमा भने, ‘मैले यी कुनै पनि अपराध गरेको छैन। मान्छे बेपत्ता बनाएको छैन। बलात्कार जस्ता कुनै पनि अपराध गरेको छैन।’

बम्जनले आफू योग, ध्यान र साधनामा लागेकाले यस्ता अपराध गर्न सम्भव नै नहुने पनि बताए। ‘म त साधना, ध्यान गर्छु। लेख्ने काम मात्रै गर्छु’, उनले भने, ‘यतिन्जेलसम्म म ध्यानमै थिएँ। कहीँ भागेको पनि छैन। आश्रममै लेख्ने र साधना गर्ने काममा लागिरहेँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .