ad ad

समाज


जनस्वास्थ्य नीति बनाउन हरिवन नगरपालिकाले गर्‍याे फेक्ट र सीवीनसँग सम्झौता

जनस्वास्थ्य नीति बनाउन हरिवन नगरपालिकाले गर्‍याे फेक्ट र सीवीनसँग सम्झौता

नेपालखबर
पुस २४, २०८० मंगलबार ७:२९, सर्लाही

सर्लाहीको हरिवन नगरपालिकाले जनस्वास्थ्य नीति बनाउने विषयमा जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल (फेक्ट) र नेपाल बाल मजदुर सरकोकार केन्द्र (सीवीन) सँग समझदारी गरेको छ। 

सोमबार कीर्तिपुर अस्पतालमा आयोजित एक कार्यक्रममा नगरप्रमुख रमेश बुढाथोकी, फेक्ट नेपालका निर्देशक डा.शम्भुकुमार उपाध्याय र सीवीनका अध्यक्ष माधव प्रधानले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा मेयर बुढाथोकीले फेक्ट र सीवीनसँगको सहकार्यले हरिवन नगर क्षेत्रका आम नागरिकको स्वास्थ्य उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। 

‘फेक्ट र सीवीनसँगको सहकार्यमा निर्माण हुने हरिवन नगरपालिकाको स्वस्थ्य नीति जनमुखी प्रकारको हुनेछ,’ उनले भने, ‘नगरबासीले सर्वसुलभ ढंगले स्वास्थ्य उपचार सेवा पाउन भनेर हामीले यो सम्झौता गरेका छौँ।’

कार्यक्रममा काठमाडौँको कान्ति बाल अस्पतालका डा‍. अरुणराज कुँवर, सीबीआरएचपीसीका निर्देशक डा.तारामैया शाक्य, हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, सीविनका निर्देशक कुमार भट्टराई, काठमाडाैँकाे चिरायु अस्पतालका डा.नरेन्द्र मैनाली, मनाेपरामर्शदाता पद्म घिमिरे लगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .