ad ad

समाज


बाटोको जग्गा व्यक्तिका नाममा कित्ताकाट गर्ने नापीका तीन कर्मचारीविरुद्ध मुद्दा

बाटोको जग्गा व्यक्तिका नाममा कित्ताकाट गर्ने नापीका तीन कर्मचारीविरुद्ध मुद्दा

नेपालखबर
पुस २३, २०८० सोमबार १९:५३, काठमाडौँ

नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटोको जग्गा व्यक्तिको नाममा दर्ता गर्न कित्ताकाट गरेको आरोपमा मुद्दा दायर गरेको हो।

बुटवल उपमहानगरपालिका वडा नं १३ साविक बुटवल नगरपालिका ९ख को सार्वजनिक जग्गा अन्य जग्गाधनीहरुसँग मिलेमतो गरी फिल्डबाट हटाएको अख्तियारले जनाएको छ।

सो सम्बन्धी निवेदन उपर अनुसन्धान हुँदा तत्कालीन नापी निरीक्षक मरासिनीले साविक बुटवल ९ख मा पर्ने सार्वजनिक बाटो कायम रहेको कि.नं. ४८६३ को जग्गालाई २०६३ असोज २९ गते ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी कि.नं. ५९७८ र ५९७९ कायम गरेको, कायम हुन आएको कित्ता नं. ५९७९ लाई साविक जग्गाधनी कै नाउँमा कायम गरिएको तर कित्ता नं. ५९७८ लाई फाइल नक्सा नम्बर ५९८ मा पारी साविकका जग्गाधनी हुँदै हालका जग्गाधनीलाई बिक्री गरिएको पाइएको थियो।

यसरी सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्तिविशेषमा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारी कि.नं. ३०४७ लाई फिल्डबाट नै गायब गराउने गरी प्रमाणित गर्ने कार्य गरेकोले उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको मागदाबी लिइ विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

यस्तै, नापी कार्यालय, बुटवल, रुपन्देही तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल र तत्कालीन अमिन शौकत अलि खाँले सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्तिविशेषमा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारेको आरोपमा उनीहरुविरुद्धसमेत मुद्दा दायर गरिएको छ।

जग्गाधनी नन्दबहादुर कालाथापाले सार्वजनिक बाटो कायम रहेको जग्गालाई नापी कार्यालयका कर्मचारीहरुसँग मिलमतो गरी फाइल नक्सा परिवर्तन गर्न÷गराउन लगाई कित्ताकाट गरी सार्वजनिक बाटोलाई व्यक्तिका नाउँमा कायम गरी व्यक्तिगत लाभ हुने किसिमले खरिदबिक्री गरेको आरोपमा उनीविरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

यस्तै, जग्गाधनी मानप्रसाद श्रेष्ठको हकमा कित्ताकाटमा संलग्न नरहेको र पछि मात्र जग्गा खरिद गरेको देखिएकोले उक्त कित्ताकाट बदर गरी सार्वजनिक बाटो कायम गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .