ad ad

समाज


नेपालमा पहिलोपटक कोरोनाको नयाँ सबभेरिएन्ट ‘जेएन.१’ देखियो

नेपालमा पहिलोपटक कोरोनाको नयाँ सबभेरिएन्ट ‘जेएन.१’ देखियो

नेपालखबर
पुस २३, २०८० सोमबार २०:१९, काठमाडौँ

नेपालमा पहिलोपटक कोभिड संक्रमणको नयाँ सबभेरिएन्ट ‘जेएन.१’ देखिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘जेएन.१’ लाई यसको द्रुत विश्वव्यापी फैलावटपछि ‘भेरिएन्ट अफ इन्टरेस्ट’ को रूपमा वर्गीकृत गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, मुलुकका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित १६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण पोजेटिभ देखिएपछि तिनको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमुनामा ‘जेएन.१’ भेरिएन्ट देखिएको हो।

काठमाडौं, भक्तपुर, पोखरा, धनगढी, चितवन, डडेलधुरा लगायतका ठाउँबाट ती १६ वटा नमुना संकलन गरिएका थिए।

रिपोर्टले जेएन.१ मुलुकको सबै भागमा फैलिरहेको अवस्था देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

‘जेएन.१ सब भेरिएन्ट नेपालमा पहिलो पटक देखिएको हो’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘संक्रमणको फैलावट रोकथाम गर्न सबैले भिडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग, साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालन गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .