समाज


आरतीको पक्षमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीको धरपकड (तस्बिरहरू)

आरतीको पक्षमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीको धरपकड (तस्बिरहरू)

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
पुस २३, २०८० सोमबार १८:१९, काठमाडौँ

पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयअगाडि सोमबार प्रदर्शनमा उत्रिएका जनकपुरकी दिवंगत आरती साहको परिवारका सदस्यसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

न्याय माग्दै काठमाडौंमा आन्दोलित साहका परिवार र तीन समर्थकलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरू आयोगलाई ध्यानाकर्षण पत्र बुझाउन आयोग पुगेका थिए। आरतीका दाजु प्रेम साह, जस्मिन ओझा र रविना श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदर्शनका क्रममा ओझा बेहोस भएकी थिइन्। उनलाई पाटन अस्पतालमा भर्ना गरिएको छ। अरु दुई जनालाई ललितपुर परिसरमा राखिएको छ। 

२२ वर्षीया गर्भवती साहको दाइजोको निहुँमा हत्या भएको भन्दै परिवार आन्दोलित छ।

आरती धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम-९ थापा चोकमा बस्दै आएकी थिइन्। दाइजोका कारण उनको हत्या भएको माइतीपक्षले बताउँदै आएको छ।

आरतीको शव उनी सुत्ने कोठामा पासो लगाएर झुण्डिएको अवस्थामा गत जेठ ७ गते फेला परेको थियो। प्रहरीले पैसाको लिएर मुद्दा कमजोर बनाएको आरोप पनि माइती पक्षले लगाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .