ad ad

समाज


त्रिविको उपकुलपतिका लागि पुन : दरखास्त आह्वान (सूचनासहित)

त्रिविको उपकुलपतिका लागि पुन : दरखास्त आह्वान (सूचनासहित)

नेपालखबर
पुस २३, २०८० सोमबार ८:११, काठमाडौँ

खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालयले पुनः दरखास्त आह्वान गरेको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार पुनः सूचना जारी गर्र्दैे दरखास्त आह्वान गरेको हो।

यसअघि छनोट समितले पहिलोपटक पुस २० गते दरखास्त आह्वान गरेको थियो। तर, त्यो दरखास्त आइतबार रद्द गरेको त्रिविले आज पुनः अर्को दरखास्त आह्वान गरेको हो। 

उपकुलपतिका लागि इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।

समितिले यही पुस २० गते शुक्रबार पहिलो सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । तर, त्यो सूचनामा उल्लेखित प्रावधानबारे विवाद भएपछि त्यसर्ला सच्याएर पुनः अर्को सूचना जारी गरिएको हो।


पहिलोपटक खुला प्रतिष्पर्धा मार्फत् उपकुलपति नियुक्त गर्न लागेको त्रिविले सार्वजनिक गरेको सूचनाको व्यहोराको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले सूचना रद्द गर्न निर्देशन दिएका थिए। 

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेको प्रधामन्त्री प्रचण्डले विभिन्न स्थानमा मन्तव्य दिँदा अब त्रिविको उपकुलपति प्रतिस्पर्धाको आधारमा नियुक्त्त गर्ने घोषणा गरेका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको थियो।

तर, शुक्रबार जारी गरिएको सूचनामा उम्मेदवारले दिने दरखास्तमा पेस गर्नुपर्ने कागजातको (ङ) नम्बर बुँदाप्रति धेरैले आपत्ति जनाएका थिए। जसले खुला खुला प्रतिस्पर्धालाई घुमाउरो ढंगले निषेध गरेको थियो। 

जसमा भनिएको थियो, ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको, (वर्ष, महिना र दिनसमेत० व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि।)

यस्तो छ आजको सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .