ad ad

समाज


बानेश्वरको क्याफेमा मृत भेटिए नेकपाका नेता, चार जना पक्राउ

बानेश्वरको क्याफेमा मृत भेटिए नेकपाका नेता, चार जना पक्राउ

नेपालखबर
माघ २३, २०७६ बिहिबार ४:२४,

सत्तारुढ नेकपाका नेता ५१ वर्षीय हरिदेव गिरीको काठमाडौँ नयाँबानेश्वरमा शंकास्पद मृत्यु भएको छ।

काभ्रे घर भएका गिरीको नयाँबानेश्वरस्थित आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वररले जनाएको छ।

मंगलबार राति १० बजे रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि प्रहरीले राति १० बजे नजिकै रहेको सिभिल अस्पताल पुर्याइएका थियो।

अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

गिरीको मृत्युको कारण खुलेको छैन। उनी काभ्रेको बनेपास्थित नाला निवासी हुन्। अनुसन्धानका लागि रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

नियन्त्रणमा लिइएकामध्ये दुईजनालाई प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको र बाँकी दुई नियन्त्रणमै रहेका बोगटीले बताए। गिरीले मदिरासमेत सेवन गरेको पाइएकाे छ।

‘उहाँको मृत्युको कारण खुलेको छैन,’ बोगटीले नेपालखबरसँग भने, ‘भर्याङमा लडेको अवस्थामा भेटेका हौँ, एउटा खुट्टा पनि भाँचिएको छ। छातिमा पनि छोट छ। घटनाको विस्तृत अनुसन्धान हुँदैछ। पोष्टमार्टम रिपार्ट आएपछि वास्तविकता खुल्ला।’

गिरी मंगलबार बिहानैदेखि मदिरा सेवन गरेर रेष्टुरेन्टमा बसेको त्यहाँका कर्मचारीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .