समाज


सेनाले यसरी मनाउँदै छ पृथ्वी जयन्ती

सेनाले यसरी मनाउँदै छ पृथ्वी जयन्ती

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०८० शुक्रबार १७:५९, काठमाडौँ

नेपाली सेनाले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८० विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ।

सेनाले यसै सिलसिलामा पुस २१ गते (भोलि) गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा थालनी गर्ने भएको छ।

सो पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमापश्चात् पुस २७ गते जंगी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बीच पृथ्वीनारायणको सालिकमा माल्यार्पण तथा सलामी अर्पणपश्चात् समापन हुने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।

पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन ५ कम्पनी (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी- हाल बर्दबहादुर तथा सबुज) को झण्डा तथा दीपज्योतिसहित ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहित यात्रा गर्नेछन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८० का अवसरमा पुस २७ गते जंगी अड्डास्थित सभामण्डपमा पृथ्वीनारायणको दिव्योपदेशसम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन र कविता प्रतियोगिता आयोजना गरिने जंगी अड्डाले जनाएको छ।

यस्तै, देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइहरूमा पनि विविध कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने सैनिक मुख्यालयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad