ad ad

समाज


व्यापारीलाई धम्क्याएर ५० लाख रुपैयाँ मागेको आरोपमा एकजना पक्राउ

व्यापारीलाई धम्क्याएर ५० लाख रुपैयाँ मागेको आरोपमा एकजना पक्राउ

नेपालखबर
पुस १९, २०८० बिहिबार २१:५, काठमाडौँ

रौतहटका एक व्यापारीलाई धम्क्याएर रकम माग गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको फतुवा बिजयपुर नगरपालिका ८ बस्ने वर्ष अन्दाजी ३५ को श्रीभगवान साह रहेका छन्।

प्रहरीका अनुसार मोबाइल नम्बर  ९८०१५७७५१० बाट एक जना ब्यापारीलाई (नाम गोप्य राखिएको) पटक पटक फोन मार्फत व्यापारी र उनका छोराछोरीलाई ज्यान मार्ने धम्की दिई पाँच लाखदेखि ५० लाखसम्म रकम माग गरेको सूचना प्राप्त भएको थियो।

सो सम्बन्धमा अनुसन्धानका हुँदा प्रयोग भएको मोबाइल नम्बर ९८०१५७७५१० को प्रयोगकर्ता साह रहेको खुलेको थियो।

प्रहरीले उनलाई पक्राउ गरी आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान एवम् कारबाही अगाडि बढाएको तथा यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .