समाज


प्रधानमन्त्रीको निर्देशनपछि सुनापति गाउँपालिकाको बिदा रद्द

प्रधानमन्त्रीको निर्देशनपछि सुनापति गाउँपालिकाको बिदा रद्द

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८० मंगलबार १८:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि रामेछापको सुनापति गाउँपालिकाले बिहीबारका लागि निर्धारण गरेको सार्वजनिक बिदा रद्द गरेको छ।

प्रधानमन्त्री दाहालले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका क्रममा बिदा नदिन र बालबालिकालाई सहभागी नगराउन बिहीबार सरकारी निकायलाई निर्देशन दिएका हुन्। 

रामेछापको सुनापति गाउँपालिकामा बिहीबार प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार आएको थियो।

उक्त पालिकाले आफ्नो प्रशासनिक भवन उद्घाटनका लागि प्रधानमन्त्री आउने भएपछि सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ-संस्था, शिक्षण संस्था, गाउँपालिका क्षेत्रभित्रका बैंक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। 

तर सचिवालयले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराएपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको हो।

प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न निर्देशन भएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad