समाज


न्यायाधीशले इजलासमै प्रोजेक्टरमा हेरे सन्दीप र गौशाला २६ को सीसीटीभी फुटेज

न्यायाधीशले इजलासमै प्रोजेक्टरमा हेरे सन्दीप र गौशाला २६ को सीसीटीभी फुटेज

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०८० शुक्रबार १६:०, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा प्रतिवादी पक्षको पनि बहस अन्तिम चरणमा पुगेको छ।

बादी र प्रतिवादी दुवै पक्षबाट बहस अन्तिम चरणमा पुगिरहँदा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिराज ढकालले इजालमै सीसीटीभी फुटेज हेरेका छन्।

सरकारी वकिलहरूले अन्तिममा जवाफी बहस गर्नुअघि वादी र प्रतिवादी दुवै पक्षलाई इजालसमै राखेर न्यायाधीश ढकालले होटलको सीसीटीभी फुटेज हेरेका हुन्। 

न्यायाधीश ढकालले इजलासमा प्रोजेक्टर जोडेर सिनामंगलस्थित घटना भएको भनिएको होटलको सीसीटीभी फुटेज हेरेका हुन्।

उनले सन्दीप र पीडित भनिएकी किशोरी गौशाला २६ उक्त होटलमा पसेको, सन्दीपले गाडी पार्किङ गरेको र गौशाला २६ रिसेप्सनबाट चाबी लिएर होटलको कोठाको ढोका खोलेर गएको दृश्य पनि त्यहाँ देखाइएको थियो।

त्यसैगरी गौशाला २६ ले सुरुमा पसेको कोठामा एसी बिग्रिएको भन्दै अर्को कोठामा गएको फुटेज पनि इजलासमा देखाइएको छ। 

त्यसपछि न्यायाधीश ढकालले घटना भएको भनिएको भोलिपल्ट बिहान चेकआउट भएर सन्दीप र गौशाला २६  गाडीमा सँगै जाँदासम्मको भिडिओ हेरेका हुन्। 

त्यसअघि सरकारी वकिल सुरबहादुर परियारले अन्तिमको जवाफी बहस गरेका थिए। अहिले किशोरीका निजी वकिलले बहस गरिरहेका छन्। अब यो मुद्दामा न्यायाधीश ढकालले शुक्रबार नै फैसला सुनाउने सम्भावना छ।

यसअघि शुक्रबार नै सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र अधिवक्ता सरोजकृष्ण घिमिरेले बहस गरेका थिए। 

त्यसपछि जाहेरवालाको तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले जवाफी बहस गरिरहेका छन्। ढकालको इजलासमा यस मुद्दाबारे गत आइतबारदेखि अन्तिम सुनुवाइ अगाडि बढेको हो। 

२०७९ भदौ ५ गते राति सन्दीपले आफूलाई सिनामंगलको एक होटलमा बलात्कार गरेको भन्दै ती किशोरीले जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .