ad ad

समाज


काठमाडौँमा जुवाको खालबाट १० जना पक्राउ

काठमाडौँमा जुवाको खालबाट १० जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार ७:८, काठमाडौँ

प्रहरीले काठमाडौँबाट जुवा खेलिरहेको आरोपमा १० जनालाई पक्राउ गरेको छ। 

काठमाडौँ महानगरपालिका–१३ तहाचलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भवनमा रहेकाे हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त कालीमाटीबाट गएको प्रहरीले उनीहरुको साथबाट ५५ हजार तीन सय नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक बुक तास बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .