ad ad

समाज


आज ३, भोलि ६ प्रदेशमा मौसम बदली हुने अनुमान

आज ३, भोलि ६ प्रदेशमा मौसम बदली हुने अनुमान

नेपालखबर
पुस १२, २०८० बिहिबार ६:४६, काठमाडौँ

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। 

देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। बिहीबार राति पनि कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

शुक्रबार भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम बदली भए पनि अबको तीन दिन कतै वर्षाको सम्भावना भने छैन। 

तर, देशभरि तापक्रम घटेकाले चिसोबाट बच्नको लागि आवश्यक उपायहरू अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .