समाज


सुख्खा पहिरोले मालढुंगा–टाकुरी सडकखण्ड अवरुद्ध

सुख्खा पहिरोले मालढुंगा–टाकुरी सडकखण्ड अवरुद्ध

नेपालखबर
माघ २२, २०७६ बुधबार ७:४१,

सुख्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुंगा–टाकुरी सडकखण्ड अवरुद्ध भएको छ।

बागलुङ नगरपालिका–१३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङबजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीसाधन रोकिएका छन्। वैकल्पिक मार्गबाट सवारी पठाउने तयारी भइरहेको भए पनि बागलुङ–कुश्मिशेरा कृषि सडक कालोपत्रको काम चलिरहेको र मालढुंगा–लहरेबर–गिठे–कुश्मीशेराखण्डमा समेत सडक ढलानको काम भइरहेका सावारीसाधन आवतजावतमा अवरोध भएको हो।

निर्माणाधीन सडकलाई सहज बनाएर सवारी चलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बिहानदेखि रोकिएका सवारीलाई सहज आवातजावतको व्यवस्था मिलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक दीपक रिजालले बताए।

सुख्खा पहिरो हटाएर करिडोर खुलाउने प्रयाससमेत थालिएको छ। बागलुङ–कुश्मिशेरा सडकखण्डमा कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कर्ण बिल्डर्सले डोजर पठाएर अवरोध हटाउने काम थालेको जनाएको छ। सडक अवरुद्ध हुँदा दक्षिण बागलुङमा चल्ने साना तथा ठूला गरी झण्डै २०० सवारीसाधन प्रभावित भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad