प्रहरीले काभ्रेको पनौतीबाट जुवा तास खेलेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।
पनौती नगरपालिका ४ ठाडोबाटोस्थित लक्ष्मी काठ फर्निचरबाट बुधबार साँझ उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन। उनीहरुको साथबाट दुई लाख १६ हजार सात सय पाँच रुपैयाँ नगद र दुई बुक तास बरामद भएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले तास खेलिरहेको ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो। यो घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
51
Shares
प्रतिक्रिया