ad ad

समाज


भारतस्थित इजरायली दूतावासनजिकै विस्फोट (भिडिओ)

भारतस्थित इजरायली दूतावासनजिकै विस्फोट (भिडिओ)

नेपालखबर
पुस १०, २०८० मंगलबार २१:७, काठमाडौँ

भारतको नयाँ दिल्लीस्थित इजरायली दूतावासनजिकै विस्फोट भएको छ।

इजरायली दूतावासका प्रवक्ताले दिल्ली प्रहरी र सुरक्षा टोलीले यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन्।

इजरायली विदेश मन्त्रालयले दूतावासनजिकै भएको विस्फोटको कारणबारे अनुसन्धान गर्न इजरायली अधिकारीहरूले आफ्ना भारतीय समकक्षीसँग सहकार्य गरिरहेको बताएको छ।

विस्फोटबाट आफ्नो कुनै पनि कर्मचारीलाई क्षति नभएको मन्त्रालयले जनाएको छ।

यसैबीच, समाचार एजेन्सी पीटीआईले दूतावासनजिकैको केन्द्रीय हिन्दी प्रशिक्षण संस्थानका सुरक्षा गार्डसँग कुरा गरेको छ, जसले बेलुका ५ बजेतिर विस्फोटको आवाज सुनेको र बाहिर निस्केर हेर्दा रुखको छेउमा धुवाँ उडिरहेको देखेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .