समाज


नवलपरासीमा भेटिएको मानव कंकाल जाँच गर्न काठमाडौँ पठाइँदै

नवलपरासीमा भेटिएको मानव कंकाल जाँच गर्न काठमाडौँ पठाइँदै

फाइल फाेटाे


रासस
पुस ६, २०८० शुक्रबार ५:२४, नवलपुर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कङ्काल फेला परेको छ। मुस्कान होटल पछाडिको खेतमा रहेको सिरुको झाडीमा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिए। 

कङ्कालको माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडा बेरिएको अवस्थामा बुधबार फेला परेको उनले बताए। सो कङ्काल महिला वा पुरुषको हो भन्नेसमेत पहिचान हुन नसके पनि सर्टको खल्तीमा लाइटर र नजिकमा चप्पलसमेत भेटिएकाले उक्त कङ्काल पुरुषको हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी शर्माले बताए। 

फेला परेको कङ्काल हत्या गरेर फालिएको वा  आत्महत्या भन्ने यकिन हुन सकेको छैन। जङ्गलभित्र रहेको उक्त होटल पछिल्लो सात आठ महिनादेखि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ। यहाँ आवतजावत कम हुने भएकाले घटना लामो समयपछि बाहिरिएको हो। 

घटनास्थल नजिक रहेको रुखमा डोरी भेटिएको र सोही डोरीबाट शव खसेपछि कुकुर वा स्यालले तानेर अन्यत्र लगेकाले स्थानीयले थाहा पाएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कङ्काल अहिले मध्यबिन्दु जिल्ला अस्पतालमा राखिएको तथा डीएनए परीक्षणका लागि काठमाडौँ पठाइने सूचना अधिकारी शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad