सवारी चालक अनुमति पत्र बनाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–२ थापाठानाका ५० वर्षीय राजकुमार थापा रहेका छन्।
थापाले सवारी तथा यातायात ब्यबस्था ऐन तथा नियमावली बमोजिमको प्रकृया नपुर्याई गैरकानूनी तवरले पीडितलाई ‘ए’ र ‘बी’ वर्गको सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनी विश्वास दिलाई नक्कली सवारी चालक अनुमति पत्रको नक्कली प्रतिलिपी दिएको प्रहरीले जनाएको छ।
पीडितसँग पटक–पटक रकम मागी लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाईएको छ।
483
Shares

प्रतिक्रिया