ad ad

समाज


युएईबाट आएको जहाजको शौचालयमा मृतक शिशु फेला, एक महिला पक्राउ

युएईबाट आएको जहाजको शौचालयमा मृतक शिशु फेला, एक महिला पक्राउ

नेपालखबर
पुस ४, २०८० बुधबार १७:५६, काठमाडौँ

युएईबाट आएको जहाजको शौचालयमा शिशुको शव फेला परेको छ।

सारजहाबाट बुधबार बिहान आएको एयर अरेवियाको जहाजको शौचालयमा शिशुको शव फेला परेको हो।

जहाजबाट सबै यात्रु निस्किएपछि सरसफाइका कर्मचारीले शौचालयमा सालनालसहितको शिशु फेला पारेका थिए। लगतै प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले तत्काल त्रिवि शिक्षण अस्पताल लगेपनि अस्पतालले मृत घोषणा गरेको थियो।

अनुसन्धानका क्रममा उक्त शिशु सोही जहाजमा आएकी नवलपरासीकी एक महिलाको भएको खुलेको छ। करिव साढे तीन वर्ष पहिले रोजगारीका लागि गएकी महिलाले शिशु फालेको खुलेको हो। उनलाई विमानस्थल कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।

महिलालाई उपचारका लागि केएमसी अस्पताल सिनामंगलमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनाको गौशला वृत्तले अनुसन्धान थालेको छ।

महिला प्रसव पीडामा रहेकाले अहिले उनको उपचार भइरहेको र थप अनुसन्धान उनी डिस्चार्ज भएपछि हुने काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .