समाज


कोरोनाबारे जानकारी दिने डाक्टरलाई पहिले 'हल्लाबाज' भनियो

कोरोनाबारे जानकारी दिने डाक्टरलाई पहिले 'हल्लाबाज' भनियो

नेपालखबर
माघ २१, २०७६ मंगलबार ७:४३,

जब एक डाक्टरले नयाँ कोरोना भाइरसबारे जानकारी दिनखोजे प्रहरीले उनलाई घरमै पुगेर अफवाह बन्द गर्न चेतावनी दिए।

सुरुवातमा ‘हल्लाबाज’को संज्ञा पाएका ती डाक्टरलाई त्यसको एक महिनापछि भने नायकको संज्ञा दिन थालिएको छ।

चिनियाँ अधिकारीको चेतावनी बाबजुद वुहानको केन्द्रीय अस्पतालको शय्याबाट डाक्टर लि वेनलियाङले विश्वलाई नयाँ कोरोना भाइरसबारे सामाजिक सन्जालमा जानकारी दिन सुरु गरेपछि यसबारे सचेतना फैलिएको हो।

डाक्टर लिका अनुसार उनले डिसेम्बर महिनामै नयाँ कोरोना भाइरस फैलिएको चाल पाएका थिए।

उनी ७ वटा रोगीको उपचारमा खटेका थिए। जहाँ उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए।

सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो। सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो।

तर जब डाक्टर लिले नयाँ भाइरसबारे चेतावनी दिन थाले। उनलाई पब्लिक सेक्युरिटी ब्युरोबाट हल्ला र त्रास फैलाएको र सामाजिक व्यवस्थामा खलल पुर्याएको आरोप लाग्यो।

डिसेम्बर ३० मा लिले आफ्ना सहपाठीहरुलाई नयाँ भाइरस देखिएको र त्यसबाट बच्न मास्क तथा भाइरस प्रतिरोधी पोशाक लगाउन चेतावदी दिएका थिए।

ब्युरोले चेतावनीपूर्ण भाषामा लिलाई भनेको थियो,‘हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस्, हल्ला बन्द गर्नुहोस्।’

लिले गरेको हल्लाले समाज त्रसित र भयभित मात्र हुने बताइएको थियो।

लिमाथि अफवाह फैल्याएकोमा प्रहरीले अनुसन्धान समेत गरेको थियो। त्यसपछि जनवरीमा डाक्टर लिले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरे।

उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखे। जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए।

प्रहरीले अनुसन्धान गरिसकेपछि लिले एक महिलाको उपचार गर्नुपर्ने थियो। उनलाई थाहा थिएन कि उनमा नयाँ नोबल कोरोनाको संक्रमण छ।

त्यसपछि लिपनि कोरोनाबाट संक्रमित बने। उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको छ।

जनवरी १० मा डाक्टर लिले आफूलाई कफ भएको विबोमा बताए। त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए। उनको परिवार नै बिरामी पर्यो।

डाक्टर लिमा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो। चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो।

हाल डाक्टर लिको चीनमा मात्र नभएर विश्वमै प्रशंसा भइरहेको छ। उनलाई यतिबेला नायकको संज्ञा दिइएको छ।

मानिसहरुले डाक्टर लिजस्ता साहसी डाक्टरहरु विश्वभर लाखौं हुनुपर्ने धारणा दिइरहेका छन्। हाल लि उपचाररत छन्।

लिले कोरोनाबारे थाहा पाएकै समयमा सुरक्षा अपनाएको भए कोरोना यति धेरै मात्रामा नफैलिने पनि विश्लेषण हुन थालेका छन्।

मंगलबार बिहानसम्म नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .