ad ad

समाज


प्रस्तावित न्यायाधीशद्वय पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ

प्रस्तावित न्यायाधीशद्वय पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ

फाइल फोटो


नेपालखबर
पुस १, २०८० आइतबार १७:२७, काठमाडौँ

सर्वोच्च अदालतका प्रस्तावित छमध्ये दुई जनाको आज संसदीय सुनुवाइ भएको छ। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गरे।

उनीहरुले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता व्यक्त गरे।

पुराना बक्यौता मुद्दा न्यूनीकरणका लागि विशेष सक्रियता, फरक मुद्दा पद्धतिको प्रभावकारी कार्यान्वयन, अदालतबाट भएका फैसलाको कार्यान्वयनको सुनिश्चिता, पीडित क्षतिपूर्ति प्रणालीको प्रभावकारी कार्यान्वयन पहल गर्ने विषयमा पनि प्रस्तावित न्यायाधीशद्वयले जोड दिए।

न्यायिक सुशानमा समर्पण र जोड, सजाय निर्धारणसम्बन्धी मार्गदर्शको विकास र विस्तार, न्यायमा पहुँच अभिवृद्धि, न्यायपालिकाको वस्तुस्थिति र विश्लेषण, न्याय सम्पादनका मार्गदर्शक आधारसहितको कार्ययोजना र प्रतिबद्धता उहाँहरुले प्रस्तुत गरे। यसअघि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ भने सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .