पश्चिमी वायुको आंशिक प्रभावले हाल देशको पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति पनि लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
Shares
प्रतिक्रिया