समाज


विचाराधीन मुद्दालाई छिटोभन्दा छिटो फर्छ्यौट गर्न प्रयास गर्छु : प्रस्तावित न्यायाधीश मुसलमान

विचाराधीन मुद्दालाई छिटोभन्दा छिटो फर्छ्यौट गर्न प्रयास गर्छु : प्रस्तावित न्यायाधीश मुसलमान

फाइल फोटो : संसदीय सुनवाई समिति


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १७:४९, काठमाडौँ

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दाहरुलाई छिटोभन्दा छिटो फर्छ्यौट गर्न आफ्नो प्रयास रहने बताएका छन्।

संसदीय सुनुवाई समितिको शुक्रवारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्च अदालतमा विचाराधिन रहेका फर्छ्यौट हुन नसकेका मुद्दाहरूको छिटो फर्छ्यौट गर्न आफ्नो प्रयास रहने बताएका हुन्।

उनले इजलाशमा पेश भएका मुद्दाहरुको सोही दिन फर्छ्यौट गर्ने पनि आफ्नो प्रयास रहने बताए। उनले अनावश्यक आदेशलाई निरुत्साहन गर्ने पनि बताए। उनले साना प्रकृतिका, वैवाहिक र विशिष्टिकृत विवाद समावेश भएको मुद्दाहरूका लागि छुट्टै इजलाश गठनको लागि प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको पनि बताए।

उनले भने, ‘भनिन्छ, न्याय ढिलो दिनु न्याय दिन इन्कार गर्नु हो। सर्वोच्च अदालतमा विचाराधीन फर्छ्यौट हुन नसकेका मुद्दाहरुलाई फर्छ्यौट गर्ने मेरो प्रयास रहनेछ। इजलाशमा पेश भएका मुद्दाहरूको सोही दिन फर्छ्यौट गर्ने। अनावश्यक आदेशलाई निरुत्साहन गर्ने। साना प्रकृतिका, वैवाहिक र विशिष्टिकृत विवाद समावेश भएको मुद्दाहरुको लागि छुट्टै इजलाश गठनको लागि प्रयास गर्ने। सरकारवादी देवानी फौजदारी र अन्य मुद्दाहरुको छुट्टाछुट्टै बार तोक्ने। इजलाशको मर्यादा कायम तथा व्यवस्थापनमा जोड दिने। समय व्यवस्थापनमा ध्यान दिने।’

उनले आफू न्यायाधीश बनेमा ‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै काम गर्ने पनि बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .