ad ad

समाज


भ्रष्टाचार नियन्त्रणमा नेपालले महत्त्वपूर्ण प्रगति गरेको छः अख्तियार प्रमुख राई

भ्रष्टाचार नियन्त्रणमा नेपालले महत्त्वपूर्ण प्रगति गरेको छः अख्तियार प्रमुख राई

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १६:४२, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालले भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण प्रगति गरेको दाबी गरेका छन्।

अमेरिकाको एन्लान्टा सहरमा सम्पन्न भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौँ सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले राज्यका तर्फबाट भएका प्रयासको पनि प्रशंसा गरेका छन्।

उनले नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढसंङ्कल्पित रहेको र यसविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गरे।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिका प्रावधानहरू कार्यान्वयन गर्न नेपालले महत्त्वपूर्ण विधायिकी र संस्थागत कदमहरू चालेको भन्दै उनले विश्व समुदायमाझ खुसी पनि व्यक्त गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्र संङ्घीय महासन्धि कार्यान्वयनको लागि सम्पर्क संस्थाको रूपमा तोकिएको र महासन्धिका प्रावधानहरू कार्यान्वयनका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरिएको जानकारी पनि उनले सम्मेलनलाई गराए।

नेपालको संविधानले भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकायको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरेको बताउँदै उनले सार्वजनिक पदाधिकारीहरूबीच निष्ठा कायम गर्न आयोग प्रतिबद्ध रहेको र आयोगको प्रयासको फलस्वरूप भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको दाबी गरे।

मंसिर २५ देखि २९ सम्मका लागि आयोजित सम्मलेनमा नेपालको प्रतिनिधि मण्डलका प्रमुखका रूपमा राई त्यहाँ पुगेका हुन्।

महासन्धिको  प्रभावकारी कार्यान्वयनको लागि कानुनको कार्यान्वयन र न्यायिक सहयोगलाई बलियो बनाउन, सार्वजनिक र निजी क्षेत्रहरूमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न र राज्यहरूबीच आपसी सहयोग संयन्त्र स्थापना गर्न प्रयासरत रहेको पनि उनले सम्मेलनमा जानकारी गराएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .