ad ad

समाज


बाँकेमा जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हवल्दार गम्भीर घाइते

बाँकेमा जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हवल्दार गम्भीर घाइते

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १०:३५, बाँके

बाँकेको कोहलपुरमा जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा सडकमा ड्युटी गरिरहेका प्रहरी जवान २९ वर्षीय विशाल वलीको मृत्यु भएको हो। 

सोही जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन्। 

कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फट् काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए।

गएराति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो। 

घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ। जीपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .