राजा महेन्द्रको सालिक राख्ने विषयमा दलहरूबीच विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले महेन्द्रनगर बजारका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ।
कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार भण्डारीले बजारका दुई स्थानमा निषेधाज्ञा जारी गरेका हुन्।
प्रशासनले संविधान चोक र त्यसबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
प्रशासनले अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका लागि जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम बिहीबारदेखि आगामी सात दिनका लागि निषेधाज्ञा जारी गरेको हो।
यो अवधिमा ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको अधिकारीले जनाएका छन्।
Shares
प्रतिक्रिया