ad ad

समाज


काभ्रेमा ‘ओभरटेक’ गर्ने क्रममा मोटरसाइकल गाडीमा ठोक्कियो, चालकको घटनास्थलमै मृत्यु

काभ्रेमा ‘ओभरटेक’ गर्ने क्रममा मोटरसाइकल गाडीमा ठोक्कियो, चालकको घटनास्थलमै मृत्यु

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १०:२३, काभ्रे

काभ्रेको पाँचखालमा आज (बिहीबार) बिहान गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

बिहीबार बिहान साढे आठ बजे पाँचखाल नगरपालिका ६ हनुमानगढी स्थित अरनिको राजमार्गमा प्रदेश ३- ०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडिले ठक्कर दिँदा बा‍‍‍ ८७ प ६४१  नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा काभ्रेकै पनौती नगरपालिका १२ घर भएका ३४ वर्षीय रुपक खत्रीको घटनास्थलमै मृत्यु भएको हो। 

तीव्र गतिमा रहेको मोटरसाइकलले सडकमा गुडिरहेको नम्बर नखुलेको बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बिपरित दिशाबाट आउँदै गरेको पदेश ३-०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडिमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।  

दुर्घटनापछि अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया र स्थानीय प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुलबहादुर कुँवरको कामाण्डमा २२ जनाको प्रहरी टोली पुगेको छ। 

घटनास्थलमा झण्डै सय जनाजति स्थानीय पनि भेला भएका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .