ad ad

समाज


लोक सेवामा खुल्यो २७३ को लागि जागिर, न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ कर्मचारी माग

लोक सेवामा खुल्यो २७३ को लागि जागिर, न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ कर्मचारी माग

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०८० बुधबार ७:४५, काठमाडौँ

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी पदका लागि २७३ जना कर्मचारी माग गरेको छ।

आयोगले बुधबार सूचना प्रकाशित गरी न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति  गर्नेगरी २७३ जना कर्मचारी माग गरेको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आयोगले सूचित गरेको छ। इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी पुस १७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ। 

राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी माग गरिएको आयोगले जनाएको छ।

सूचनाअनुसार दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ। उम्मेदवारहरूले आयोगको वेभसाइटबाट पनि दरखास्त दिन सक्नेछन्।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .