ad ad

समाज


ईःको प्रदर्शनमा स्थानीयको अवरोध, आधा घन्टा प्रहरीको सुरक्षामा राखियो

ईःको प्रदर्शनमा स्थानीयको अवरोध, आधा घन्टा प्रहरीको सुरक्षामा राखियो

नेपालखबर
मंसिर २६, २०८० मंगलबार २१:११, काठमाडौँ

ललितपुर महानगरपालिकाको कार्यालय अगाडि फुटपाथ व्यवसायीलाई व्यापार गर्न दिनुपर्ने माग राखेर उभिएका अभियन्ता ईःलाई स्थानीयले अवरोध गरेका छन्। 

मंगलबार दिउँसो ३ बजेबाट १ सय ८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गर्दै उनी त्यहाँ पुगेका थिए। उनी त्यहाँ पुगेको केही समयमै स्थानीयले अवरोध गरेका थिए। 

‘सम्पदा मास्न पाइँदैन, फुटपाथमा व्यापार चाहिँदैन’ भन्दै स्थानीयले ईः विरुद्ध केहीबेर प्रदर्शन गरेका थिए। लगत्तै अभियन्ता ईःलाई पुल्चोकस्थित प्रहरी कार्यालयमा राखिएको थियो। 

ललितपुर प्रहरी प्रवक्ता एसपी नवराज कार्कीका अनुसार उनलाई आधा घन्टा कार्यालयमै सुरक्षा दिएर राखेको थियो। 

पछि रन्जु दर्शनासहितका अभियान्ता पुगेपछि प्रहरीले जिम्मा लगाएर पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .