ad ad

समाज


विमानस्थल भन्सार पास भइसकेको साढे ६ किलो सुन बरामद

विमानस्थल भन्सार पास भइसकेको साढे ६ किलो सुन बरामद

साढे ६ किलो सुनसहित पक्राउ परेका इजिप्टका नागरिक। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
मंसिर २४, २०८० आइतबार १०:५२, काठमाडौँ

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ केजी सुन बरामद भएको छ।

त्रिभुवन विमास्थल सुरक्षा प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार आइतबार बिहान पौने १ बजे इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिनको साथबाट उक्त सुन बरामद भएको हो।

ठकुरीका अनुसार ६ टुक्रा सुन अर्धठोस अवस्थामा भेटिएको हो। उनले उक्त सुन ज्याकेटमा लुकाएर ल्याएको खुलेको छ। विमानस्थल भन्सार क्षेत्र कटाइसकेको अवस्थामा उक्त सुन ६ किलो ५६५ ग्राम रहेको ठकुरीले बताए। 

उक्त सुन फ्लाई दुबईको एफजेड ५७३ नम्बरको उडानको जहाजबाट आएका इजिप्टका नागरिकबाट सुन बरामद भएपछि उनीसँगैका दुईजना सुडानी नागरिकलाई पनि पक्राउ गरिएको छ। 

यसअघि गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो। उक्त सुन गोरखाका चन्द्र घलेबाट बरामद भएको थिय। 

परीक्षणपश्चात उक्त सुन सबै विशुद्ध भएको भन्सार विभागले जनाइसकेको छ। त्यसपछि नागढुंगा नाकाबाट पनि प्रहरीले २ किलो सुन बरामद गरेको थियो। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .