ad ad

समाज


विमानस्थल ओर्लिनासाथ १४ किलो सुनसहित यसरी समातिए चन्द्र घले (भिडिओ)

विमानस्थल ओर्लिनासाथ १४ किलो सुनसहित यसरी समातिए चन्द्र घले (भिडिओ)

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १०:३६, काठमाडौँ

यूएईको दुबईबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरिएको छ। 

फ्लाई दुबईको जहाजबाट बिहीबार मध्यराति काठमाडौँ अवतरण गरेका गोरखा, बारपाक घर भएका घलेको साथबाट १४ किलो सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए।  

विशेष सूचनाका आधारमा उनलाई विमानबाट ओर्लिनासाथ विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीको टोलीले नियन्त्रणमा लिएर जाँच गर्दा सुन फेला परेको उनले बताए। 

‘अस्कोटमा लुकाएर सातवटा बिस्कुट बनाई सुन ल्याएका रहेछन्’, डीआईजी चन्दले भने, ‘सबै सुन जोख्दा १४ किलो पुग्यो।’

उनले आफूलाई मीन घलेले सुन ल्याउन लगाएको बताएपछि मीनलाई पनि प्रहरीले धुम्बाराहीबाट नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ। 

यसरी ल्याएका थिए सुन, हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .