ad ad

समाज


सशस्त्र प्रहरीको आयोजनामा ९२ जनाले बनाए चित्र

सशस्त्र प्रहरीको आयोजनामा ९२ जनाले बनाए चित्र

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १८:८, काठमाडौँ

यूएनडिपी नेपालको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ रंगशालामा शुक्रबार खुल्ला चित्रकला प्रतियोगिता संचालन गरेको छ।

प्रतियोगितामा उत्कृष्ट भएका १० जनालाई प्रमुख अतिथी यूएनडीपीकी मिस आइशानी मेदागाङ्गोडा लाबे र सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा ९२ जना सहभागी रहेका थिए।

प्रतियोगतिामा विभिन्न विद्यालयका छात्रछात्राहरुको उपस्थिती हुनुको साथै प्रतियोगिहरुले लैंगिक समानता, समता र महिला सशक्तिकरण सम्बन्धी चित्र मार्फत आफ्नो कला प्रस्तुत गरेका थिए।

निरन्तर रुपमा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आइरहेको सशस्त्र प्रहरी परिवार महिला संघले लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालवालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारालाई अघि सार्दै प्रतियोगितको आयोजना गरेको हो।

प्रतियोगितामा नेपालस्थित भारतीय, श्रीलंकन र साउथ कोरियन एम्बेसिका प्रतिनिधीहरु लगायत संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .