समाज


बेनी भिडन्तमा गोलीले छियाछिया भएको बिजुलीको खम्बा फिर्ता लगियो

बेनी भिडन्तमा गोलीले छियाछिया भएको बिजुलीको खम्बा फिर्ता लगियो

बेनी आक्रमणमा परेको खम्बा फिर्ता लगिँदै।


नेपालखबर
मंसिर २१, २०८० बिहिबार १५:१९, काठमाडौँ

माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका क्रममा म्याग्दी सदरमुकाम बेनीमा सरकारी सुरक्षाकर्मीसँग भएको भिडन्तका क्रममा गोली लागेर छियाछिया भएको बिजुलीको खम्बा फिर्ता लगिएको छ।

वरिष्ठ पत्रकार एवम् लेखक कनकमणि दीक्षितले गोली लागेर छियाछिया भएको उक्त खम्ब १३ वर्षपछि बेनी पठाइएको जानकारी दिएका छन्। 

‘बेनीको खम्बा’ घर फर्कँदै’, उनले बिहीबार भनेका छन्, ‘द्वन्द्वकालको अवशेष ‘बेनीको खम्बा’ को बेनी पुनरागमन हुँदै छ आज।’

उनका अनुसार अब बेनीमा यो खम्बाको संरक्षण र प्रदर्शनको जिम्मेवारी बेनी नगरपालिकाले लिएको छ।

यो खम्ब २१ आसोज २०६७ देखि अहिलेसम्म मदन पुरस्कार पुस्तकालय र यलमाया केन्द्रले संरक्षण गरेर राखेका थिए।

यो खम्बालाई बेनीको मंगलघाटबाट २०६७ असोज २१ गते काठमाडौं ल्याइएको थियो। यो खम्बा तत्कालीन शाही नेपाली सेनाको ब्यारेक माओवादीसँग २०६० चैत ७ गते भिडन्तका क्रममा गोलीले छियाछिया भएको थियो।

उक्त पोल अब बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेलसहितले फिर्ता लानेछन्। 

अब बेनी नगरपालिकालषे पोल फिर्ता लगेर शान्ति पार्क बनाउने योजना बनाएको छ। 

बेनी नगरपालिकाले वडा नम्बर ७ स्थित वीरेन्द्रचोकमा शान्ति पार्क बनाउँदैछ। बेनी नगरपालिकाले ‘द्वन्द्वकालीन युद्ध स्मारक’ बनाएर संरक्षण गर्ने भनेपछि मदन पुरस्कार पुस्तकालयबाट फिर्ता भएको हो। 

बेनी आक्रमण तत्कालीन युद्धकै ठूलो मानिन्छ। माओवादीले त्यसबेला देशभरका लडाकु बेनीमा उतारेर आक्रमण गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad