ad ad

समाज


पाल्पामा टिपर पल्टिँदा २४ वर्षीय युवकको मृत्यु

पाल्पामा टिपर पल्टिँदा २४ वर्षीय युवकको मृत्यु

नेपालखबर
मंसिर १९, २०८० मंगलबार ५:२४, पाल्पा

पाल्पाको रैनादेवीमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २४ वर्षीय शिरबहादु पालुङ्गे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

जिप्रकाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार रैनादेवी छहरा गाउँपालिका–२ सर्देवास्थित सिजी कम्पनीको लु१क ३१६१ नम्बरको टिपर सडकबाट तल खस्दा पालुंगेको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पालुंगेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .