ad ad

समाज


यौन शोषणको आरोप लागेका एसएसपी राणा आफैँ पुगे प्रहरी कार्यालय

यौन शोषणको आरोप लागेका एसएसपी राणा आफैँ पुगे प्रहरी कार्यालय

नेपालखबर
माघ १९, २०७६ आइतबार ९:५,

एक महिलामाथि यौन शोषणको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) साैरभ राणा आफैँ प्रहरीकोमा हाजिर भएका छन्।

बिहीबार उनीविरुद्ध पक्राउपुर्जी जारी भएको थियो। आइतबार दिउँसो एसएसपी राणा आफैँ जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले एसएसपी राणा प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे।

‘पक्राउपुर्जी जारी भएपछि उहाँ आफैँ आउनुभएको हो’, एसपी पोखरेलले नेपालखबरसँग भने, ‘अहिले उहाँ  (एसएसपी साैरभ राणा) हाम्रो नियन्त्रणमा हुनुहुन्छ।’

अनुसन्धानमा सहयोग गर्छु भन्दै एसएसपी रणा प्रहरी समक्ष आइपुगेको र उनीमाथि जबर्जस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाइने एसपी पोखरेलले बताए।

एसएसपी राणामाथि गत कार्तिकमा झापाकी एक महिलाले यौन शोषणको आरोप लगाएकी थिइन्। त्यही आरोपमा गृह मन्त्रालयले बुधबार राणालाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो।

राणाविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा ती महिलाले किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले अदालतको अनुमति लिएर उनलाई पक्राउ गर्ने तयारी गरिरहेको थियो।

जाहेरीमा ती महिलाले एसएसपी राणाले इटहरीको एक होटलमा आफूमाथि जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्। प्रहरीले ती महिलाको समेत स्वास्थ्य परीक्षण गरिसकिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .